काठमाडाैं – पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीसँगको छलफलपछि नेकपा एमाले माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ।
ओलीले सोधेको स्पष्टीकरण र ओलीसँगको भेटलाई विषयलाई ब्रिफिङ गर्न माधव समूह बुद्धनगरस्थित सहाना प्रधान प्रतिष्ठानमा छलफलमा जुटेको हो।
भेटमा ओलीले आफ्नो निर्णय फिर्ता नहुने तर पार्टीको बैठकमा आएर गुटगत नभई व्यक्तिगत कुरा राख्न आग्रह गरेका थिए। तर, नेता नेपालले ओलीले गरेको २८ फागुनमा निर्णय फिर्ता लिनुपर्ने अडान राखेका थिए।
ओलीले शुक्रबारको लागि केन्द्रीय कमिटीको बैठक राखेका छन्। सोही बैठकले कारबाही गर्नेगरी ओलीले ३२ सांसदलाई स्पष्टीकरणसमेत सोधेका थिए।