संक्रमणको ३ दिनपछि केकी अधिकारीको कोरोना रिपोर्ट नेगेटिभ-Sutra News

संक्रमणको ३ दिनपछि केकी अधिकारीको कोरोना रिपोर्ट नेगेटिभ

बिहिबार, ९ बैशाख २०७८

बिहिबार, ९ बैशाख २०७८

काठमाडाैं – अभिनेत्री केकी अधिकारीले आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जनाएकी छिन्। संक्रमणको तीन दिनपछि रिपोर्ट नेगेटिभ आए पनि घरमै आइसोलेट भएको उनले फेसबुकमार्फत जानकारी दिएकी हुन्। 



उनले फेसबुकमा लेखेकी छन् – केही दिन अघिको हावापानी वर्षापछि मलाई रुघाले समात्यो अनि २ रात लगातार ज्वरो पनि देखिएपछि मैले स्वाब परिक्षण गराए जसमा मलाई कोरोना पोजिटिभ देखियो। चिकित्सकको सल्लाह अनुसार आफूलाई अलग्गै राखेँ र तीन दिन पछि पुनः परिक्षण गराउदा नतिजा नेगेटिभ देखियो। नेगेटिभ नै देखिए पनि मैले हाललाई आफूलाई आइसोलेट गरेकी छु।

साथै उनले आइसोलेट हुँदा सबैको फोन उठाउन र म्यासेजको उत्तर दिन असमर्थ भएको पनि जनाएकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट