धनगढी- अछाममा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । साँफेबगर नगरपालिका-६ भागेश्वरका ६५ वर्षका एक पुरुषको आज मृत्यु भएको हो ।
उनी एक महिनाअघि भारतको गुजरातबाट आएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि बयालपाटा अस्पतालमा आएका उनलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख अतुल भारद्धावाजले जानकारी दिए ।