काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल नागपोखरीस्थित होटल मेरियटमा छलफल गरिरहेका छन् ।
पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला दुई नेताबीचको भेटवार्तालाई चासोपूर्वक हेरिएको छ ।
ओली-नेपालबीच बुधबार पनि भेटवार्ता भएको थियो ।
दुवै नेताहरूले वार्तास्थलको झ्यालबाट पुनर्निर्मित धरहराको अवलोकन गरेका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवम् सांसद माधवकुमार नेपाल संयुक्तरूपमा नागपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नुहुँदै ।’