बाँकेमा कोरोनाबाट थप एकको मृत्यु-Sutra News

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

बिहिबार, ९ बैशाख २०७८

बिहिबार, ९ बैशाख २०७८

बाँके- बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।



शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका-१७ बाँके निवासी ८६ वर्षीय संक्रमितको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन समितिका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनकाअनुसार यही वैशाख ७ गते गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ । जिल्लामा आजमात्रै २०४ नयाँ संक्रमित थपिएका छन् ।

भेरी अस्पतालमा लिइएको ३५० नमूना स्वाबको परीक्षणमा २०४ मा कोरोना पुष्टि भएको उनले बताए । दैनिकरूपमा संक्रमित र बिरामीको चाप बढेपछि बाँकेका अस्पताललमा गम्भीर प्रकृतिका बिरामीलाई मात्र भर्ना गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट