काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच पार्टीभित्रको विवाद मिलाउन आज पनि भेटवार्ता भएको छ ।
उनीहरूबीच आज दिउँसो राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो ।
भेटवार्तापछि नेता नेपालले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै छलफल चलिरहे पनि ठोस प्रगति नभएको बताए ।
नेताद्वयले उक्त होटलबाट निर्माण सम्पन्न हुँदै गरेको धरहरा टावर नियालेका थिए ।
पार्टी विभाजनमा पुग्ने आशंका बढिरहेका बेला दुई शीर्ष नेताबीचको संवाद सुरु हुनुले कार्यकर्ता तहमा उत्साह पैदा भएको छ ।
नेता नेपालले बुधबार अध्यक्ष ओलीसँग भएको संवादबारे आफू निकटका नेतालाई आज ‘ब्रिफिङ’ गरेका थिए ।