कोरोना ग्राफः थपिए २,४२८, २५२ निको, ५ को मृत्यु-Sutra News

कोरोना ग्राफः थपिए २,४२८, २५२ निको, ५ को मृत्यु

बिहिबार, ९ बैशाख २०७८

बिहिबार, ९ बैशाख २०७८

काठमाडौं- पछिल्लो २४ घण्टा देशभर दुई हजार ४ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४८ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो ।

पिसिआर परीक्षणमा २ हजार ३ सय ६५ र एन्टिजेन परीक्षणद्वारा ६३ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ सय ५२ जना संक्रमित निको भएका छन् भने पाँचजनाको मृत्यु भएको छ ।

हाल सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ९० छ ।

नेपालमा दुई लाख ९२ हजार १ सय ५२ जनामा कोरोना पुष्टि भइसकेको छ । त्यसैगरी दुई लाख ७६ हजार ३ सय ४५ जना निको भएका छन् ।

कोरोनाबाटै हालसम्म ३ हजार १ सय १७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना निको हुने दर ९४.६ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट