काठमाडौं- कोरोना भाइरसका संक्रमित वृद्धि भएसँगै पशुपति मन्दिरमा पूजाआजाका लागि भक्तजनलाई रोक लगाइएको छ ।
शुक्रबारदेखि लागू हुने गरी अर्को व्यवस्था नहुन्जेल भक्तजनले पशुपतिनाथमा पूजाआजा गर्न रोक लगाइएको हो ।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलनकुमार थापाले सूचना जारी गरेर पशुपतिनाथलगायत मन्दिरमा नित्य पूजाबाहेक अन्य पूजा नहुने जनाएका छन् ।
‘पशुपतिनाथ मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने व्यवस्था गरिएको छ,’ सूचनामा भनिएको छ ।