कडा निमोनिया र उच्च ज्वरोबाट तीन संक्रमितको मृत्यु-Sutra News

कडा निमोनिया र उच्च ज्वरोबाट तीन संक्रमितको मृत्यु

बिहिबार, ९ बैशाख २०७८

बिहिबार, ९ बैशाख २०७८

पर्सा- वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुई संक्रमितको आज मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-१६ नगवा निवासी ६१ वर्षीया महिला र वीरगञ्ज-१९ बिन्ध्यवासीनी निवासी ६३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।



श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरोबाट ग्रसित महिलाको आज बिहान १ः१५ बजे र पुरुषको बिहान १०ः५० बजे उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोजरोशन दासले जानकारी दिए ।

उनले वैशाख ३ गते संक्रमण पुष्टि भएको महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वैशाख ५ गते अस्पताल भर्ना गरीएको बताए ।

त्यस्तै कडा निमोनिया र उच्च ज्वरोबाट पीडित पुरुषलाई वैशाख ५ गते अस्पताल भर्ना गरीएको र उनको वैशाख ६ गते रिपोर्ट पोजेटिभ आएको डा.दासले जानकारी दिए ।

यसैसँगै कोरोना संक्रमणकै कारण पर्सामा मृत्यु हुनेको संख्या ६० पुगेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

बझाङमा संक्रमित पुरुषको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका-६ का ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सिमखेतका कोभिड स्थानीय स्रोत व्यक्ति नारायण जोशीले जानकारी दिए ।

संक्रमित भारतको तामिलनाडुबाट चैत २९ गते बझाङ आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट