काठमाडौं- राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका रामबहादुर थापा (बादल) को ठाउँमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगकाअनुसार आगामी जेठ ६ गते उपनिर्वाचनको मिति घोषणा गरिएको छ ।
यसअघि गत आइतबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा माओवादी केन्द्रको पत्रअनुसार बादलको सांसद पद रिक्त गरेका थिए ।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायमै रहेको अवस्थामा कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने उल्लेख छ ।