आठ वर्ष लगाएर तयार पारियो १९२० पेजको ‘चिकित्सा शब्दसागर’-Sutra News

आठ वर्ष लगाएर तयार पारियो १९२० पेजको ‘चिकित्सा शब्दसागर’

बिहिबार, ९ बैशाख २०७८

बिहिबार, ९ बैशाख २०७८

काठमाडौं- नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ ।



डा.विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल र डा.कमल लम्सालद्वारा लिखित उक्त पुस्तकको बुधबार चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा.डा.दिव्या सिंह, प्रा.डा.राजेन्द्र कोजु र डा.मोहनकृष्ण श्रेष्ठले संयुक्तरूपमा विमोचन गरेका हुन् ।

कार्यक्रममा प्रा.डा.सिंहले चिकित्सा शब्दसागरले चिकित्सा विज्ञानलाई सजिलै बुझ्न सघाउने र नेपाली भाषाका क्षेत्रमा यो नयाँ र महत्वपूर्ण उपलब्धि भएको बताइन् ।

काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेजका डीन प्रा.डा.कोजुले धेरै चिकित्सकले अङ्ग्रेजी प्रयोग गर्ने गरेको वर्तमान समयमा चिकित्सा शब्दसागरले त्यसको परिभाषालाई सहज बनाइदिएको उल्लेख गरे ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का सदस्य सचिव डा.श्रेष्ठले स्वास्थ्य परिषद्मा झण्डै डेढ लाखभन्दा बढी स्वास्थ्यकर्मी दर्ता रहेको अवस्थामा उनीहरुलाई चिकित्सकीय ज्ञान हासिल गर्न उक्त शब्दसागरले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

एक हजार १९२० पेजको चिकित्सा शब्दसागर आठ वर्ष लगाएर तयार पारिएको लेखक डा.विपिन नेपालले जानकारी दिए ।

पुस्तकमा चिकित्सा, नर्सिङ र एलाइड हेल्थसँग सम्बन्धित ५० हजारभन्दा बढी शब्द रहेका छन् । उक्त शब्दकोष अङ्ग्रेजी-अङ्ग्रेजी-नेपाली भाषामा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट