बेंग्लोरको लगातार चाैथो जित, राजस्थान १० विकेटले पराजित-Sutra News

बेंग्लोरको लगातार चाैथो जित, राजस्थान १० विकेटले पराजित

शुक्रबार, १० बैशाख २०७८

शुक्रबार, १० बैशाख २०७८

काठमाडाैं – युवा ब्याट्सम्यान देवदत्त पाडिक्कलको सानदार शतक हानेपछि रोयल च्यालेन्जर्स बेंगलोरलले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको छ।



योसँगै बेंगलोर लगातार चौथो जितका साथ अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। जितका लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १६ दशमलव ३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो।

बेंगलोरको जितमा ओपनर देवदत्त पाडिक्कल ५२ बलमा ११ चौका र ६ छक्का सहित १ सय १ रनमा अविजित रहे। पाडिक्कले ५१ बलमा आफ्नो आइपिएल करिअरको पहिलो शतक पूरा गरेका थिए।

मुस्ताफिजुर रहमानलाई १७ औं ओभरको पहिलो बलमा चौका प्रहार गर्दै शतक पूरा गरेका थिए। कप्तान विराट कोहली ४७ बलमा ६ चौका र ३ छक्का सहित ७२ रनमा अविजित रहे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट