जनकपुर पुगेर माधव नेपालले भने, ‘ओलीमा धरहराभन्दा ठूलो दम्भ छ’-Sutra News

जनकपुर पुगेर माधव नेपालले भने, ‘ओलीमा धरहराभन्दा ठूलो दम्भ छ’

शुक्रबार, १० बैशाख २०७८

शुक्रबार, १० बैशाख २०७८

काठमाडाैं – हिजो जनकपुर पुगेका नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपालले ओलीमा धरहराभन्दा ठूलो दम्भ रहेको टिप्पणी गरेका छन्। 



ओलीले आफूलाई धरहरा देखाएर आफ्नो दम्भ प्रस्तुत गरेका नेता नेपालले बताए। शुक्रबार जनकपुरधामस्थित एमालेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मलेनमा नेता नेपालले प्रधानमन्त्री ओलीको दम्भ अहिले धरहराभन्दा माथि भर्‍याङ उक्लेको बताए। तर ओलीको दम्भको कुनै अर्थ नभएको पनि नेता नेपालले बताए। 

‘हामी आन्दोलन छोड्दैनौँ, पार्टी छोड्दैनौँ, संघीयता त्याग्दैनौँ, संविधानको मर्म र भावअनुसार बढ्छौँ । कुनै व्यक्तिको मुख हेरेर नभई जनताको मुख हेरेर आन्दोलनमा लागेका छौँ’, नेपालले भने।

अस्ति र हिजो काठमाडाैंको होटल मेरियटमा अध्यक्ष ओली र नेता नेपालको भेटघाट भएको थियो। अकस्मात भएको उक्त भेटवार्ताबाट नेपाली राजनीति र एमाले दुवैमा सकारात्मक सन्देश आउने अपेक्षा गरिएको थियो। तर भेटमा ओलीले नेता नेपाललाई उल्टै सच्चिएर र लचक भएर आउन भनेका थिए। तर नेता नेपालले आफूले चालेको कदमबाट पछि नहट्ने जनााएका थिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट