बालुवाटारमा एमाले बैठक जारी, केपी ओली र ईश्वर पोखरेलको प्रस्तावमाथि छलफल हुने-Sutra News

बालुवाटारमा एमाले बैठक जारी, केपी ओली र ईश्वर पोखरेलको प्रस्तावमाथि छलफल हुने

शुक्रबार, १० बैशाख २०७८

शुक्रबार, १० बैशाख २०७८

काठमाडाैं – नेकपा एमाले महाधिवेशन आयोजक कमिटी बैठक सुरु भएको छ। 



प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमाआगामी दशौँ महाधिवेशन तथा माधव नेपाल पक्षीय नेतालाई सोधिएको स्पष्टीकरणबारे छलफल हुने बताइएको छ।

यसअघि मंगलबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटी बैठकले नेपालपक्षीय नेताहरुलाई अन्तिम पटक स्पष्टीकरणको अवसर दिएको थियो।

जसमध्ये हिजो साँझसम्म माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत १९ नेताले स्पष्टीकरणको जवाफ पठाइसकेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

तीन दिनको समयसीमा तोकिएको स्पष्टीकरण जवाफ फर्काउने आज अन्तिम दिन भनिएको छ। एमाले अध्यक्ष ओलीले नेपाल समूहका २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका छन्। 

यसैबीच वैशाख ६ देखि सुरु भएको बैठकमा अध्यक्ष केपी ओलीले पेस गरेका राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेको सांगठानिक प्रस्तावमाथि छलफल हुने पनि बताइएको छ। बैठकमा विष्णु पौडेल संयोजक रहेको शंकर पोखरेल र टोपवहादुर रायमाझी सम्मिलित कार्यदलले केन्द्रीय सदस्यहरूको कार्यविभाजन प्रस्ताव समेत पेस गर्ने बताइएको छ ।

त्यस्तै मंगलबारको बैठकले आगामी मंसिरमा गर्ने भनिएको पार्टी महाधिवेशनको कार्ययोजना तयार पारिसकेको छ। यसैबीच एमाले वरिष्ठ नेता यतिबेला जनकपुर पुगेका छन्। उनले त्यहाँ ओलीको दम्भले पार्टीमा समस्या भएको बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट