कोरोना ग्राफ उकालो लाग्नेक्रम रोकिएन, एकै दिन २,५५९ जना संक्रमित-Sutra News

कोरोना ग्राफ उकालो लाग्नेक्रम रोकिएन, एकै दिन २,५५९ जना संक्रमित

शुक्रबार, १० बैशाख २०७८

शुक्रबार, १० बैशाख २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा दुई हजार ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ९ हजार ६ सय ६४ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो ।

पिसिआर परीक्षणमा २ हजार ४ सय ४९ र एन्टिजेन परीक्षणद्वारा १ सय १० जनामा कोरोना पुष्टि भएको हो । यस अवधिमा ४ सय १० जना संक्रमित निको भएका छन् ।

सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय २४ छ । यससँगै कोरोनाका कारणले पाँच जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट