मकवानपुरमा एक कोरोना संक्रमितको मृत्यु-Sutra News

मकवानपुरमा एक कोरोना संक्रमितको मृत्यु

शुक्रबार, १० बैशाख २०७८

शुक्रबार, १० बैशाख २०७८

चितवन- मकवानपुरका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका-४ का ५० वर्षीय पुरुष रहेका छन् ।



जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गिताञ्जलि ढकालकाअनुसार उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज दिउँसो १२ः४५ बजे मृत्यु भएको हो ।

छाती र फोक्सोसम्बन्धि समस्या भएका उनमा यही वैशाख ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ६ गते भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएका उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट