कोरोनाले प्रभावित चलचित्र क्षेत्रलाई सरकारले सहयोग गर्ने-Sutra News

कोरोनाले प्रभावित चलचित्र क्षेत्रलाई सरकारले सहयोग गर्ने

शुक्रबार, १० बैशाख २०७८

शुक्रबार, १० बैशाख २०७८

काठमाडौं- कोरोनाले नेपाली चलचित्र क्षेत्रमा पारेको असरलाई ध्यानमा राखी सरकारले राहत कार्यक्रम ल्याउने योजना बनाएको छ ।



कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनद्वारा आज आयोजित ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल’ को नौ संस्करणको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले योजना ल्याउने बताएका हुन् ।

मन्त्री ज्ञवालीले विश्वभरि फैलिएको कोरोना भाइरसका कारण नेपाली चलचित्र क्षेत्रमा पनि प्रत्यक्ष असर परेकाले सरकारले सहयोग गर्ने आश्वासन दिए ।

कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपालले प्रत्येक वर्ष अन्तर्राष्ट्रियरूपमा चलचित्र महोत्सव आयोजना गर्नुपर्ने जनाउँदै त्यसका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताए ।

चलचित्र विकास संघका अध्यक्ष आकाश अधिकारीले सरकारले नेपाली चलचित्र क्षेत्रको विकास गर्न वार्षिकरुपमा कार्यक्रम ल्याउनुपर्ने तथा नेपाली चलचित्र अन्तर्राष्ट्रियकरण गर्न पहल गर्नुपर्ने बताए ।

कलेजका संस्थापक डा.मञ्जु मिश्रले महोत्सवले अफ्रिका र नेपालबीच थप घनिष्ठ सम्बन्ध स्थापना हुने र दुई देशलाई नजीकबाट बुझ्न थप सहयोग पुग्ने बताइन् । तीन दिनसम्म चल्ने महोत्सवमा नौ अफ्रिकीसहित केही नेपाली चलचित्र प्रदर्शन गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट