फुङ्गलिङ- प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको मन्दिरमा पूजापाठ तथा दर्शन गर्न रोक लगाइएको छ ।
दिनप्रति दिन कोरोनाको संक्रमण बढ्दै गएपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले पूजापाठ गर्न रोक लगाएको हो ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ताप्लेजुङले आइतबारदेखि वैशाख मसान्तसम्मका लागि पूजापाठ गर्न रोक लागाइने संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।