उद्घाटन गरियो धरहरा, धरहराबाट खसेर पनि बाँच्न सफल भएकी रमिला सम्मानित [फोटोफिचरसहित]-Sutra News

उद्घाटन गरियो धरहरा, धरहराबाट खसेर पनि बाँच्न सफल भएकी रमिला सम्मानित [फोटोफिचरसहित]

शनिबार, ११ बैशाख २०७८

शनिबार, ११ बैशाख २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहास झल्किने गरी नयाँ प्रविधिको प्रयोग गरी धरहरा पुनर्निर्माण भएको बताएका छन् ।



Pro_Ktm_Dharahara5.jpg

पुनर्निर्मित धरहराको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अवधारणा अनुसार इतिहास झल्कने र प्रविधि टल्कने गरी बनेको बताए ।

Pro_Ktm_Dharahara4.jpg

उनले धरहराको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताउँदै भने, ‘अहिले पहिलाको जस्तो धरहरा देख्दा हामी सबैलाई खुसी बनाएको छ । यो धरहरा सुन्दर र आकर्षित तर मजबुद बनेको छ । हामीले ल्याएको अवधारणा अनुसार इतिहास झल्कने धरहरा पुनर्निर्माणमा जुट्ने सबैलाई हार्दिन धन्यवाद दिन्छु ।’

Pro_Ktm_Dharahara2.jpg

उनले आफ्नो शासनकाललाई विकासको गतिमा फड्को मारेको समयका रुपमा चित्रित गरेका छन् । उनले सडक पूर्वाधार निर्माणसहित पुनर्निर्माणका काम अघि बढेको बताए ।

Pro_Ktm_Dharahara1.jpg

प्रधानमन्त्री ओलीले धराहराबाट खसेर पनि बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई सम्मान गरेका छन् ।

रमिला ०७२ साल वैशाख १२ गते गएको भूकम्पको बेला भत्किएको धरहरासँगै दुर्घटनामा परेकी थिइन् ।

BBB-DOTIPMoli.jpg

4.jpg

10.jpg

1.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट