७५० शैय्या क्षमताको वीरेन्द्र अस्पताल भवनको प्रधानमन्त्रीद्वारा शिलान्यास-Sutra News

७५० शैय्या क्षमताको वीरेन्द्र अस्पताल भवनको प्रधानमन्त्रीद्वारा शिलान्यास

शनिबार, ११ बैशाख २०७८

शनिबार, ११ बैशाख २०७८

काठमाडौं- वीरेन्द्र सैनिक अस्पतालमा विपदको अवस्थामा ६ हजार जना सम्मलाई उपचार गर्ने क्षमतासहितको नमुना अस्पताल बन्ने भएको छ ।



सरकार र नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा छाउनी परिसरमा आधुनिकीकरण गरी निर्माण हुने ७५० शैय्या क्षमताको वीरेन्द्र अस्पताल भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार शिलान्यास गरेका छन् ।

५०० जना घाइते तथा बिरामीको उपचार गर्ने क्षमता रहेको उक्त अस्पताल पूर्ण रुपमा संचालनमा आए पश्चात् नेपालकै नमुना अस्पतालको रुपमा कार्य संचालन गरी रिसर्च लगायत अन्य ३० प्रकारका मेडिकल सेवाहरु प्रदान गर्ने र विपदको अवस्थामा ६००० जना सम्मलाई उपचार गर्ने क्षमता रहने नेपाली सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

२०७ रोपनी जग्गामा निर्माण हुने उक्त अस्पतालमा अबको ७ वर्षमा सेवा सुरु हुने र १० वर्षभित्र पूर्ण रुपमा संचालन हुने योजना रहेको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार कटिबद्ध बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट