पूर्वराजा शाह दम्पत्ति अस्पताल भर्ना-Sutra News

पूर्वराजा शाह दम्पत्ति अस्पताल भर्ना

शनिबार, ११ बैशाख २०७८

शनिबार, ११ बैशाख २०७८

काठमाडौं- कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल राज्यलक्ष्मी शाह नर्भिक अस्पतालमा भर्ना भएका छन् ।



स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनीहरुलाई आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

भारतको हरिद्वारमा सम्पन्न कुम्भ मेलामा शाही स्नान गरेर फर्केलगत्तै शाह दम्पत्तिलाई कोरोना पुष्टि भएको थियो ।

कोरोना भएपछि निर्मल निवासमै होम आइसोलेसनमा बसेका शाह दम्पत्तिको स्वास्थ्यमा थप समस्या देखिएपछि आज दिउँसो करिब एक बजे नर्भिक अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट