पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु-Sutra News

पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु

शनिबार, ११ बैशाख २०७८

शनिबार, ११ बैशाख २०७८

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय २५ नमूनाको पिसिआर परीक्षण र ११४३ जनाको एन्टिजेन परीक्षण भएको थियो ।

त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ८६ जना र एन्टिजेन विधिबाट ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा भक्तपुरमा ८७, ललितपुरमा १४१ र काठमाडौंमा ६४४ जना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ९७ हजार ८७ पुगेको छ ।

गत २४ घण्टामा ३६८ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ७७ हजार १२३ पुगेको मन्त्रालयले जनाएको छ । 

कोरोनाबाट निको हुनेको दर ९३.३ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१३६ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट