काठमाडाैं : इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले दोस्रो जित दर्ता गरेको छ। हिजो साँझ टस जितेर फिल्डिङमा उत्रिएको राजस्थानले कोलकतामाथि ६ विकेटको जित निकालेको हो।
कोलकताले ९ विकेटको क्षतिमा २० ओभर खेल्दै १ सय ३३ रन मात्र बनाउन सक्यो। उक्त लक्ष्य राजस्थानले ७ बल बाँकी छँदै ४ विकेट गुमाएर लक्ष्य भेट्टायो।
राजस्थानलाई जिताउन क्रिस मोरिसले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै मात्र २३ रन दिए। त्यस्तै सन्जु सामसनले नटआउट ४१ बलमा ४२ रनको योगदान दिए।
जितसँगै राजस्थान छैटाैं स्थानमा उक्लिएको छ। कोलकताले भने जारी सिजनमा एक मात्र जित निकाल्न सकेको छ।