संविधान सभा सदस्यसहित बाँकेमा एकै दिन कोरोनाबाट ५ जनाको मृत्यु-Sutra News

संविधान सभा सदस्यसहित बाँकेमा एकै दिन कोरोनाबाट ५ जनाको मृत्यु

आइतबार, १२ बैशाख २०७८

आइतबार, १२ बैशाख २०७८

काठमाडाैं – कोरोनाको पुनः हटस्पट बन्दै गएको बाँकेमा पछिल्लो २४ घण्टा यता मात्रै थप ५ संक्रमितको मृत्यु भएको छ। 



एक जना नेपाली कांग्रेसकी नेत्रीसमेतको मृत्यु भएको छ। नेपालगञ्ज–३ की संविधानसभा सदस्य ६२ वर्षीय मोहम्मद सिद्दिकीको उपचार क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि सिद्दिकी गत चैत २८ गते भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा भर्ना भएकी थिइन्। उनको गएराति मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज बहादुर वलीले जानकारी दिए। 

यस्तै कोरोना संक्रमबाट खजुराकी ४७ वर्षीया महिला र ३६ वर्षीय पुरुष र नेपालगन्जका ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको वलीले जानकारी दिए।

यस्तै कोहलपुरमा एक जना कोरोना संक्रमित घरमै मृत अवस्थामा भेटिएका छन्। ६० वर्षीय पुरुष गएराति मृत अवस्थामा भेटिएका जिल्ला स्वाथ्य कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट