रियललाई बराबरी घातक, बार्सिलोना च्याम्पियनको बाटोमा-Sutra News

रियललाई बराबरी घातक, बार्सिलोना च्याम्पियनको बाटोमा

आइतबार, १२ बैशाख २०७८

आइतबार, १२ बैशाख २०७८

काठमाडाैं – लगातार दुई खेलमा बिनागोल बराबरी गरेको रियल मड्रिडको ला लिगा उपाधि यात्रा कमजोर बनेको छ। घरेलु मैदानमा अर्को शक्तिशाली क्लब बार्सिलोनालाई २–१ ले हराएर लिग उचाल्ने महत्वपूर्ण तीन अंक जोडेको रियलले लिगमा तीन खेल खेल्दा एकमा मात्र जित हात पारेको छ। 



गेटाफेको मैदानमा गोलरहित बराबरी गरेको रियलले त्यसपछि कार्डिजलाई उसकै मैदानमा ३–० ले हरायो। तर फेरि रियल गएराति रियल बेटिससँग गोलरहित बराबरीमा रोकिन पुग्यो। 

तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको रियलले गोल भने गर्न सकेनन्। चिलीका ३८ वर्षीय गोलकिपर आन्ड्रेस ब्राभो रियलका लागि घातक बन्यो। रियलका १७ प्रहार र ५ सुट अन टार्गेट ब्राभोले उत्कृष्ट बचाउ गरिदिए। यद्यपि रियलले अघिल्ला खेलमा जस्तो घातक प्रहा गर्न भने सकेको थिएन। 

गेटाफेसँगको खेलमा केही महत्पूर्ण तथा स्टार खेलाडीको अभाव झेलेको रियलले बेटिसँग भने जित निकाल्ने धेरैको अपेक्षा थियो। घरेलु मैदानको साथ र चोटमुक्त फर्किएका पूर्वचेल्सी स्ट्राइर इडेन हाजार्डको पुनरागमनमा रियलले जित निकाल्नु अति नै आवश्यक थियो। किनकि अब लिगमा रियलका लागि ५ खेल मात्र उपलब्ध छन्। उसले गएराति बेटिसँग गरेको बराबरी लिगको ३३ औं खेल हो।

गेटाफेविरुद्ध टोनी क्रुस, रामोस, हाजार्ड, रक्षापंक्तिमा कासिमेरो, भिनिसयस जुनियरलगायत खेलाडी उपलब्ध नहुँदा रियल समस्यामा परेको थियो। यद्यपि सब्सिच्युट खेलमाडीका रूपमा मैदान छिरेका करिम बेन्जेमाको प्रदर्शन पनि उत्कृष्ट थिएन। गेटाफेसँगको बराबरीले तेस्रो स्थानमा रहेको बार्सिलोनालाई सीधै फाइदा पुग्यो। 

रियलपछि लगत्तै अर्को खेलमा बार्सिलोनाले भने गेटाफेलाई ५–२ को फराकिलो अन्तरले हराएर महत्वपूर्ण तीन अंक जोड्न सफल भयो। बार्सिलोनाले जारी लिगमा रियलभन्दा दुई खेल कम खेलेको छ। गेटाफेसँग रियलको बराबरी र आफ्नो खेलमा जित निकाले बार्सिलोनाले रियललाई उछिन्ने थियो। तर लिगमा रियलले बढी खेलिरहँदा बार्सिलोना आगामी खेलमा निर्भर छ। उसले अझै रियलभन्दा २ खेल कम खेल्दा अंक तालिकामा तेस्रो स्थानमा छ। 

यता शीर्ष स्थानको एट्लेटिको मड्रिड पनि रियल बेटिससँगै १–१ को बराबरीमा रोकियो। जसले तेस्रो स्थानको बार्सिलोनालाई सहजै फाइदा पुग्यो। तर त्यसपछि उच्च प्रदर्शन गर्दै एट्लेटिकोले एइबर र हुवेस्कालाई एक गोल पनि नखाइ शानदार तरिकाले हरायो। बार्सिलोनाभन्दा एक खेल बढी खेलेको एट्लेटिको ५ अंकले अघि छ। यस्तोमा बार्सिलोनाले आफ्ना सबै खेलमा जित निकाले एट्लेटिको भन्दा २ अंकले मात्र पछि पर्ने देखिन्छ।

बार्सिलोनाले मे ८ मा एट्लेटिकोविरुद्ध घरेलु मैदानमा खेल्दै छ। जुन बार्सिलोनाका लागि निकै महत्वपूर्ण हुनेछ। जारी लिगमा अब एट्लेटिकोको एक हार वा बराबरीमा मात्र बार्सिलोनाका लागि लिग उचाल्ने बाटो खुल्नेछ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट