काठमाडाैं : पार्टीबाट निलम्बनमा परेको भन्दै नेकपा एमालेका चार नेताले सर्वोच्च अदालमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै छ।
निलम्बनमा परेका माधव नेपाल समूहका २७ नेताहरूले पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित केन्द्रीय कमिटी बैठक बोलाउन अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा
वैशाख ९ गते रिट दायर गरेका थिए।
माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट संयुक्त रुपमा पेस गरिएको १४ बुँदे मागसहितको रिटमाथि न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा सुनुवाइ हुनेछ।
एमाले नेताहरुको रिट ढुंगानाको इजलासको अन्तिमतिर परेकाले आज हेर्न नभ्याइनेमा पर्न सक्ने सम्भावना छ। सुनुवाइ ३० औं नम्बरमा परेको छ।
रिट निवेदकले आफूहरुमाथि गर्न लागिएको निष्काषनको कारवाही उत्प्रेषण, प्रतिषेधको आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भनिएको छ।
ती नेताहरुले निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नू नगराउनू भन्ने परमादेश आयोगका नाममा समेत जारी हुनुपर्ने माग गरेका छन्।