माधव समूहलाई गरिने कारबाही जिम्मा स्थायी कमिटीलाई, फ्लोर क्रसबारे सूक्ष्म अध्ययन-Sutra News

माधव समूहलाई गरिने कारबाही जिम्मा स्थायी कमिटीलाई, फ्लोर क्रसबारे सूक्ष्म अध्ययन

आइतबार, १२ बैशाख २०७८

आइतबार, १२ बैशाख २०७८

काठमाडाैं – नेकपा एमालेले पार्टीविधान मिचेको भन्दै माधव पक्षका नेता तथा सांसदलाई गरिने कारबाहीको जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको छ। १० औं महाधिवेशन आयोजक कमिटीको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले यसबारे जानकारी दिए। 



सरकारविरुद्ध अविश्वास प्रस्ताव आउन सक्ने र पार्टीभित्रबाटै ‘फ्लोर क्रस’ हुन सक्नेबारे पनि पार्टीले सूक्ष्म अध्ययन गरिएको उनले जानकारी दिए। 

बैठकबारे जानकारी गराउँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले स्पष्टीकरण बुझाएका सांसदहरूबारे स्थायी कमिटीले आवश्यक प्रस्ताव तयार गरिरहेको बताए। आजको बैठकले कारबाहीसम्बन्धी कुनै निर्णय नलिएको पनि उलने बताए। 

‘सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्नेदेखि कर्णालीमा जस्तै परिस्थिति दोहोरिन सक्ने सम्भावनाबारे हामी गम्भीर छौं। त्यस्तो परिस्थिति आउन नदिन आवश्यक सबै कदम चाल्नेछौं’, ज्ञवालीले पत्रकारहरूसँग भने।

यसैबीच, बैठकले कोरोनाविरुद्धको लडाईंमा सिंगो पार्टी पंक्तिलाई सक्रिय बनाउने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट