काठमाडाैं – सिरिएमा आज साँझ युभेन्टसले १४ औं स्थानको फ्लोरिन्टासँग खेल्दै छ। फ्लोरिन्टाको मैदानमा आज जित निकाल्न सके युभेन्टस लिगको दोस्रो स्थानमा उक्लिने छ। ३२ खेलपछि युभेन्टस ६५ अंकसहित लिगको चाैथो स्थानमा छ।
पाँच हार र ८ वटा बराबरी गरेको युभेन्टसको यो सिजन लिग जित्ने सम्भावना निकै कम छ। ऊ पहिलो स्थानको इन्टर मिलानभन्दा ११ अंकले पछि छ। अघिल्लो खेलमा पारामालाई ३–१ ले हराएको ऊ त्यसअघिको खेलमा पनि एटलान्टासँग १–० ले स्तब्ध भएको थियो। आजको खेलमा पराजय भोगे युभेन्टसलाई शीर्ष चारमा अटाउन पनि संघर्ष गर्नुपर्ने देखिएको छ।
ऊभन्दा तल रहेको नापोलीको ३२ खेलबाट ६३ अंक छ। त्यस्तै ३१ खेल खेलेको लाजियो ५८ अंकसहित छैटाैं स्थानमा छ।