नितेशजंग कुँवरले लिए सांगीतिक यात्राबाट विश्राम-Sutra News

नितेशजंग कुँवरले लिए सांगीतिक यात्राबाट विश्राम

आइतबार, १२ बैशाख २०७८

आइतबार, १२ बैशाख २०७८

काठमाडौं- युवा पुस्तामाझ लोकप्रिय गायक नितेशजंग कुँवरले गायन यात्राबाट बिदा लिएका छन् । उनले आइतबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै गायन यात्राबाट बिदा लिएको बताएका हुन् ।



‘प्रिय साथिहरू मलाई विश्वास छ, मेरो गायन यात्रा निष्कर्षमा पुगेको छ । मेरो यो उतार-चढावको यात्रामा साथ दिनुभएका यहाँहरू सम्पूर्णलाई धन्यवाद,’ नितेशले फेसबुकमा उल्लेख गरेका छन् ।

नितेशको ‘हाम्रो नेपालमा’, ‘सिन्धुलीगढी’, ‘निष्ठुरी मोरी’, जस्ता थुप्रै गीतहरू चर्चित छन् । उनले गायन यात्रा छाड्नुको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट