फ्लोर क्रस गर्ने चार सांसद निष्काशित-Sutra News

फ्लोर क्रस गर्ने चार सांसद निष्काशित

आइतबार, १२ बैशाख २०७८

आइतबार, १२ बैशाख २०७८

काठमाडौं- कर्णली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने नेकपा एमालेका चारजना सांसदलाई पार्टीले कारबाही गरेको छ ।



फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीको समर्थनमा मतदान गरेका उनीहरूलाई पार्टीले कारबाही गर्दै प्रदेशसभा सदस्यबाट निष्काशन गरेको हो ।

उनीहरुलाई प्रदेशसभाबाट निष्काशित गरेको सूचनासहितको पत्र एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली प्रदेशसभामा दर्ता गराएका छन् ।

प्रदेशसभाका सचिव जीवराज बुढाथोकीकाअनुसार पदमुक्त हुने प्रदेशसभा सदस्यहरूमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट