कोरोना ग्राफ फेरि उकालो, एकैदिन ३१ सय २२ जनामा संक्रमण पुष्टि-Sutra News

कोरोना ग्राफ फेरि उकालो, एकैदिन ३१ सय २२ जनामा संक्रमण पुष्टि

आइतबार, १२ बैशाख २०७८

आइतबार, १२ बैशाख २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा ३१ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले यो अविधमा ४५० जना निको भएको जनाएको छ ।

पिसिआर विधिबाट तीन हजार ३२ जनामा र एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

अहिले मुलुकभर सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट