पछिल्लो २४ घण्टामा २८ संक्रमितको मृत्यु-Sutra News

पछिल्लो २४ घण्टामा २८ संक्रमितको मृत्यु

आइतबार, १२ बैशाख २०७८

आइतबार, १२ बैशाख २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २८ जनाको मृत्यु भएको छ ।



यससँगै हालसम्म कोरोनाबाट मृत्यु  हुनेको संख्या ३ हजार १ सय ६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर २५२ जनाको आइसीयु तथा ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा थप ४५० जना कोरोना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७७ हजार ५ सय ७३ पुगेको छ । मन्त्रालयकाअनुसार हाल देशभर १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा ९ हजार २ सय ९२ पीसीआर तथा ७८६ एन्टिजेन परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट