काठमाडौं- काठमाडौं उपत्यकामा १४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार उपत्यकामा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणले महामारीरूप लिइरहँदा मानिसहरूले भिडभाड गरिरहेका छन् । व्यक्ति आफैं सचेत नभएर संक्रमणको अवस्था थेग्न नसकिने जानकारहरूले बताएका छन् ।