काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ । कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेको भन्दै बैठक एक दिनका लागि सारिएको हो ।
बैठक आज आइतबारका लागि तय भएको थियाे ।
भोलि केन्द्रीय कार्य समितिका सबै सदस्यहरुको पीसीआर परीक्षण गर्ने र मंगलबार बैठक बस्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसले आगामी १४ औँ महाधिवेशन, समसामयिक राजनीति तथा राष्ट्रियसभाको आगामी उप-निर्वाचनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।