कोरोना संक्रमितलाई अक्षयले दिए एक करोड-Sutra News

कोरोना संक्रमितलाई अक्षयले दिए एक करोड

आइतबार, १२ बैशाख २०७८

आइतबार, १२ बैशाख २०७८

काठमाडौं- बलिउड एक्टर अक्षय कुमारले कोभिडको दोस्रो लहरबाट प्रभावितहरूलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन् । उनले क्रिकेटर तथा राजनीतिज्ञ गौतम गंभीरको फाउण्डेशनमार्फत् सो रकम सहयोग गरेका हुन् ।



अक्षयले आर्थिक सहयोग गरेको जानकारी गौतमले सामाजिक सञ्जालमार्फत् दिए । आफ्नो फाउण्डेशनलाई रकम दिएकोमा गौतमले अक्षयलाई धन्यवाद दिएका छन् ।

यस्तो समयमा पनि आफूले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै महामारी छिट्टै हट्ने विश्वास अक्षयले व्यक्त गरेका छन् ।

अक्षयले हरेक वर्ष समस्यामा परेकाहरुलाई सहयोग गर्दै आइरहेका छन् ।

पहिलो चरणको कोरोनाकालमा पनि विभिन्न संस्थालाई ३० करोड रुपैयाँको सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट