उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा, दर्जन बढी सेवामा रोक-Sutra News

उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा, दर्जन बढी सेवामा रोक

सोमबार, १३ बैशाख २०७८

सोमबार, १३ बैशाख २०७८

काठमाडाैं : काठमाडाैं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकले काठमाडाैं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी गरेको छ।  



सार्वजनिक यातायातलगायत एक दर्जनभन्दा बढी सेवामा रोक लगाउने निर्णय बैठकले गरेको हो। बैठकमा सहभागी भक्तपुरका सिडियो प्रेमप्रसाद भट्टराईका अनुसार तीन वटै प्रशासनबीच उपत्यकामा एक दर्जनभन्दा बढी सेवा सञ्‍चालनमा रोक लगाइनेछ।

यसअघि कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो।

कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएको निष्कर्ष निकाल्दै सिसिएमसीले कम्तीमा वैशाख मसान्तसम्म लकडाउन प्रस्ताव गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट