काठमाडाैं- नेकपा एमालेले कर्णाली प्रदेशसभाका आफ्ना चार सांसदको पद खोसेको छ ।
प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले चारै जनाको पद रिक्त भएको जानकारी गराएक हुन् ।
पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरेका कारण उनीहरूको पद गएको हो ।
पद जाने सांसदहरूमा सल्यान प्रदेशसभा ९ ‘ख’ बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा ‘क’ बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा ९ ‘क’ बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र १ ‘ख’ बाट निर्वाचित अमरबहादुर थापा छन् ।
उनीहरूल पार्टीको ह्विपविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ ९१० र कर्णाली प्रदेशसभा नियवामली २०७४ नियम १९० बमोजिम एमाले संसदीय दलले चारै जना सांसदले दल त्याग गरेको पत्र प्रदेशसभा सचिवालयलाई जानकारी गराएपछि कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम सभामुखले सांसदहरु पदमुक्त घोषणा गरेका हुन् ।