थपिए ३५ सय ५६ जना संक्रमित, काठमाडौं उपत्यकामा १९ सय १२ लाई कोरोना-Sutra News

थपिए ३५ सय ५६ जना संक्रमित, काठमाडौं उपत्यकामा १९ सय १२ लाई कोरोना

सोमबार, १३ बैशाख २०७८

सोमबार, १३ बैशाख २०७८

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साेमबार दिएको जानकारीअनुसार थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ७६ पुगेको छ ।

यस्तै काठमाडौं उपत्यकामा थप १ हजार ९ सय १२ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंका १५ सय ६७, ललितपुरका २ सय २३ तथा भक्तपुरका १ सय २२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३ सय ७८ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर २२ हजार ४ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा १२ हजार ४ सय पीसीआर तथा ८ सय ९३ एन्टिजेन परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट