प्रदेश नं १ मा २०२ संक्रमित थपिए-Sutra News

प्रदेश नं १ मा २०२ संक्रमित थपिए

सोमबार, १३ बैशाख २०७८

सोमबार, १३ बैशाख २०७८

विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश नंं १ मा आज २०२ कोरोना संक्रमित थपिएका छन् ।



थपिएका संक्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसरीका ३३, ताप्लेजुङका दुई, सङ्खुवासभा, इलाम, उदयपुर र पाँचथरका एकएक तथा प्रदेश बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ३१ हजार ६४६ पुगेको छ भने तीमध्ये २९ हजार ९५९ संक्रमणमुक्त भएको छ । यो प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार २०५ रहेका छन् ।

पछिल्लो २४ घण्टामा यो प्रदेशमा ७४७ जनाको पिसिआर परीक्षण गर्दा ७६ महिला र १२६ पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

विगत केही दिनदेखि संक्रमितको संख्यामा उल्लेखनीय वृद्धि हुन थालेपछि विराटनगर महानगरपालिकाले सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो भने हिजो विराटनगरमा ७५ जना संक्रमित भएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट