काठमाडौं- काठमाडौं उपत्यकामा प्रवेश गर्नेहरूले अनिवार्य क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, ललितपुर र भत्तपुरका प्रमसख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा अवधिभर काठमाडौं प्रवेश गर्नेले यस्तो नियम पालना गर्नुपर्ने निर्णय गरेका हुन् ।
कोभिड जोखिम न्यूनिकरण गर्नका लागि यस्तो विधि अपनाइएको प्रशासनले जनाएको छ । काठमाडौंमा सोमबार मात्रै एकैदिन एक हजार पाँचसय भन्दा धेरै संक्रमित भेटिएका छन् ।
पछिल्लो समय बाँके रुपन्देहीपछि काठमाडौं उपत्यका कोभिड संक्रमणको हटस्पट बन्दै गइरहेको छ ।