काठमाडाैं – इटालियन सिरिए फुटबलमा छैटौं स्थानको लाजियोले एसी मिलानलाई ३–० ले हराएको छ। हारपछि मिलान पाँचौ स्थानमै झरेको छ।
लाजियोबाट जोआक्विन कोर्रियाले २ तथा सिरो इम्मोबिलले दुई गोल गरे।
३३ खेलबाट ७९ अंक बटुलेको इन्टर मिलान सिरिए एको उपाधि नजिक छ। दोस्रो स्थानमा ६८ अंकसहित एटलान्टा छ। तेस्रो स्थानको नापोली, चौथो स्थानको युभेन्टस् र पाँचौ स्थानको मिलानको समान ६६ अंक छ। यदि, लाजियोविरुद्ध जित निकाल्न सकेको भए मिलान सोझै दोस्रो स्थानमा पुग्ने थियो।