काठमाडाैं : नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले माधव नेपालको राजनीति कुन्ती मुक्तानको गीतझैं धरान–धनकुटा भएको टिप्पणी गरेका छन्।
आज फेसबुकमा उनले ‘कमरेड नेपाल आधाशताब्दी देखि सिद्दान्तको राजनीति गर्दै आएको हुँ भन्छन तर आजभोली अदालत धाएको हेर्दा कानुनका नौ सिङ वाला पो लाग्यो’ लेखेक छन्।
कानुनको भन्दा राजनीतिमा रामबहादुर थापाको बाटो नै सही भएको पनि उनले लेखेका छन्। माधव नेपालको तन एमालेतिर मन प्रचण्डतिर भएको पनि कटाक्ष गरेका छन्।