माओवादी स्थायी कमिटी बैठक बस्दै, समानुपातिक सांसद नियुक्तिबारे छलफल हुने-Sutra News

माओवादी स्थायी कमिटी बैठक बस्दै, समानुपातिक सांसद नियुक्तिबारे छलफल हुने

मंगलबार, १४ बैशाख २०७८

मंगलबार, १४ बैशाख २०७८

काठमाडाैं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ।



आजको बैठकमा पार्टीको संगठनात्मक संरचनाबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने निर्णय गर्ने अधिकारबारे अध्यक्ष पुष्पकमल दाहाललाई दिएको भन्दै यसबारेमा छलफल नहुने बताए।

आजको बैठकमा पार्टीको विधान संशोधन, प्रदेश २ मा रिक्त एक समानुपातिक सांसदको नियुक्तिबारे छलफल हुने जनाइएको छ।

ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र प्रदेश २ ले प्रदेश सभा सदस्यहरू रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशहवा, ज्वालाकुमारी साह र मोहम्मद समिरलाई चैत ३० गते पदमुक्त गर्न सिफारिस गरेको थियो।

आजको बैठकले रिक्त समानुपातिक प्रदेश सांसद नियुक्तिको सिफारिस गर्ने पनि जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट