बाँकेमा थप तीन जनाको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९२ पुग्यो-Sutra News

बाँकेमा थप तीन जनाको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९२ पुग्यो

मंगलबार, १४ बैशाख २०७८

मंगलबार, १४ बैशाख २०७८

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।



बाँकेका दुई र दाङका एक जनाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिएका हन्।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–३ का २६ वर्षीय कोरोना संक्रमित पुरुषको नेपालगञ्ज नर्सिङमा मृत्यु भएको हो।

यस्तै कोहलपुर–१ की ६० वर्षीया महिलाको भेरी अस्पताल र दाङको तुलसीपुर उपमहानगरपालिका–९ की ७४ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको ओलीले बताए ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट