सांसदहरूको कोरोना परीक्षण माग गर्दै गण्डकी प्रदेशसभामा सत्तपक्षकै अवरोध-Sutra News

सांसदहरूको कोरोना परीक्षण माग गर्दै गण्डकी प्रदेशसभामा सत्तपक्षकै अवरोध

मंगलबार, १४ बैशाख २०७८

मंगलबार, १४ बैशाख २०७८

सत्तारुढ नेकपा एमालेले गण्डकीको चालु विशेष अधिवेशन अवरुद्ध पारेको छ। मंगलबार संसद सुरु हुनासाथ एमाले पक्षका सांसदहरूले उठेर विरोध जनाएका हुन्।



एमाले सांसद राजीव पहारीले सांसदहरूको पिसिआर परीक्षणको माग राखेको बताए।

‘आधाभन्दा बढी माननीयले कोभिडको डबल डोज लगाएको अवस्था छैन। कास्की जिल्लाले जारी गरेको सूचनामा पनि भीड नगर्नू भनेको छ,’ उनले भने, ‘हेल्थ प्रोटोकल जारी नगरी संसद सुरु गर्दा कोरोना नफैलियोस्। कोरोना सरेर कोही माननीयको मृत्यु भयो भने के गर्ने?’

आफूहरू जनताको पथप्रदर्शक भएको उनले बताए। उनले पिसिआर चेक गरेर मात्र संसद चलाउनुपर्ने माग राखे। आधाभन्दा बढी सांसद सुगर र प्रेसरको रोगी भएकाले थप खतरा रहेको उनले बताए।

सभामुखद नेत्रनाथ अधिकारीले पटक पटक आग्रह गर्दागर्दै पनि उनीहरू बस्न मानेनन्। सभामुख अधिकारीले २० मिनेटका लागि संसद अन्त्य भएको घोषणा गरे।

संसदको अगामी बैठक केही बेरमा बस्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट