गण्डकी प्रदेशसभाको बैठक बुधबार १ बजे बस्ने-Sutra News

गण्डकी प्रदेशसभाको बैठक बुधबार १ बजे बस्ने

मंगलबार, १४ बैशाख २०७८

मंगलबार, १४ बैशाख २०७८

काठमाडौं- गण्डकी प्रदेशसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । आजकाे बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा छलफल चलिरहेको समयमा एमालेका सांसदहरुले प्रदेशसभाको बैठक अवरुद्ध गरेका थिए ।



सत्तारुढ नेकपा एमालेका सांसदहरुले कोरोना भाइरसको परीक्षणको माग गर्दै प्रदेशसभा स्थगित गरेका थिए । सांसदहरूले कोरोना परीक्षण गर्न पाउने निर्णय भएसँगै गण्डकी प्रदेशसभाको बैठक भोलि १ बजे बस्ने तय भएको हो ।

सांसदहरूको कोरोना परीक्षण गर्न पाउने र रिपोर्ट आउञ्जेलसम्म पर्खंदै भोलि दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको हो ।

मंगलबार बसेको कार्य व्यवस्था समितिको बैठकले आज साँझसम्म सबै सांसदको पीसीआर परीक्षण गर्ने र रिपोर्ट पोजिटिभ आएका सांसदले भोलिको बैठकमा भोटिङ गर्न पाउने तर बोल्न नपाउने निर्णय गरेको प्रदेशसभा सचिवालयले बताएको छ ।

आजको बैठकको कार्यसुची सर्वसम्मत रुपमा तय भए पनि पनि एमाले सांसदहरूले कोरोना भाइरस परीक्षणको माग गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि बैठक स्थगित गरेको जानकारी गराएका थिए ।

भोलि बस्ने बैठकमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल गरी भोटिङ हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट