पूर्वराजा दम्पतीलाई अक्सिजनको साथ, उपचार जारी-Sutra News

पूर्वराजा दम्पतीलाई अक्सिजनको साथ, उपचार जारी

मंगलबार, १४ बैशाख २०७८

मंगलबार, १४ बैशाख २०७८

काठमाडौं- कोरोना भाइरस संक्रमण भएपछि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजन दिइएको छ ।



उनीहरुमा स्वासप्रश्वासको समस्या नहोस् भनेर अक्सिजन दिइएको नर्भिक अस्पतालले जानकारी दिएको छ ।

उनीहरु शनिबार दिउँसो अस्पताल भर्ना भएका थिए ।

पूर्वराजा दम्पतीसँगै अस्पताल भर्ना भएकी छोरी प्रेरणा शाहलाई भने अक्सिजन दिनु नपरेको अस्पतालले जनाएको छ ।

तीनै जनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट