पर्सामा बिहीबारदेखि निषेधाज्ञा-Sutra News

पर्सामा बिहीबारदेखि निषेधाज्ञा

मंगलबार, १४ बैशाख २०७८

मंगलबार, १४ बैशाख २०७८

काठमाडौं- कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तीव्र बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।



प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सूचनामार्फत निषेधाज्ञाको आदेश गरेका हुन् । वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको सूचनामा उल्लेख छ ।

निषेधाज्ञाको समयमा औषधि उपचारलगायत अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सुचित गरिएको छ ।

मृत्यु संस्कार, विवाह, ब्रतबन्ध, पुजाजस्ता सामाजिक कार्य र विकास निर्माणका आयोजनासँग सम्बन्धित सामग्री एवम् प्राविधिक तथा जनशक्तिले प्रयोग गर्ने सवारी साधनहरु जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र सञ्चालन गर्न सकिने प्रजिअ घिमिरेले जानकारी दिए ।

सोमबार काठमाडौंमा बसेको मन्त्रिपरिषद् बैठकले पहाडी क्षेत्रमा २ सय र तराई क्षेत्रमा ५ सय संक्रमित देखिए स्थानीय प्रशासनले निषेधाज्ञा गर्न सक्ने निर्णय आएसँग जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको हो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट