नेपालमा कोरोना भाइरस तीव रूपमा फैलिदै, एकैदिन ४५ सय २४ जना संक्रमित, १८ काे मृत्यु-Sutra News

नेपालमा कोरोना भाइरस तीव रूपमा फैलिदै, एकैदिन ४५ सय २४ जना संक्रमित, १८ काे मृत्यु

मंगलबार, १४ बैशाख २०७८

मंगलबार, १४ बैशाख २०७८

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मंगलबार थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ ।

यस्तै काठमाडौं उपत्यकामा थप १ हजार ९ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंका १६०२, ललितपुरका २४० तथा भक्तपुरका १२४ जनामा संक्रमण पुष्टि भएको हो । 

गत २४ घण्टामा १४ हजार ६ सय ७२ पीसीआर तथा १ हजार ९ एन्टिजेन परीक्षण भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट