काठमाडौं- काठमाडौं उपत्यकाका तीन जिल्लामा मंगलबार १९ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं जिल्लामा सबैभन्दा बढी १६ सय २ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी ललितपुरमा २ सय ४० जना र भक्तपुरमा १ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयकाअनुसारका देशभर आज ४५ सय २४ जनामा संक्रमण पुष्टि भएकाे छ भने थप १८ जनाको संक्रमणबाट मृत्यु भएको छ ।